पदक विजेता खेलाडीलाई किरात राई खेलकुद पत्रकार संघको सम्मान

Byekhel

१२ माघ २०७९, बिहीबार १२ माघ २०७९, बिहीबार १२ माघ २०७९, बिहीबार

काठमाडौं – किरात राई खेलकुद पत्रकार संघले नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्न सफल खेलाडीहरूलाई नगदसहित सम्मान गरेको छ ।

संघले आफ्नो १०औं स्थापना दिवसको अवसरमा सागमा किरात राई समुदायबाट स्वर्ण, रजत र कास्य पदक जित्ने १९ जना खेलाडीलाई सम्मान गरेको हो ।

संघका सचिव प्रविन कुलुङ राईका अनुसार उनीहरूलाई जनही नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको हो । सागमा स्वर्ण पदक जित्ने उसुका जुनी राई, गल्फका शुक्रबहादुर राई र तेक्वान्दोका सुशीला राई सम्मानित भएका छन् ।

सागमा पदक जित्नेहरू करातेका एस्तार राई, तेक्वान्दोका संगीता राई, ब्याडमिन्टनका अनुमाया राई र सिता राई, भारत्तोलनका संगीता राई र अस्मिता राई र आर्चरीका इमायुङ राई सम्मानित भएका छन् ।

By ekhel