काठमाडौँ – आईसीसी यू–१९ महिला टी–२० क्रिकेट च्याम्पियन महिला टोलीलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्डले ५ करोड भारतीय रुपैयाँ दिने घोषणा गरेको छ।

दक्षिण अफ्रिकामा आइतबार भएको फाइलनमा इङल्याण्डलाई ७ विकेटले पराजित गर्दै भारतले उपाधि जितेको थियो। बीसीसीआईका अध्यक्ष रोगर बिन्नीले विश्वकप विजेता टोलीलाई बधाइ दिएका छन्। महिला टोलीको यो सफलताले आगामी दिनमा अन्य क्रिकेटरलाई पनि प्रेरणा मिल्ने बताएका छन्।

By ekhel