काठमाडौं, १७ माघ – प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफ ए कपको पाँचौँ राउण्डमा च्याम्पियनसिप क्लब ब्रिस्ट सिटीसँग भिड्ने भएको छ। जहाँ म्यानेचस्टर युनाइटेडले वेष्ट ह्यामसँग खेल्नेछ। वेष्ट ह्यामले सोमबार राति डर्बी काउन्टीलाई २–० ले हराएको थियो।
पाँचौँ चरणको खेल तालिका अनुसार पहिलो खेलमा लुटोन टाउनले ग्रिम्स्बी टाउनलाई पराजित गरे साउथहेम्प्टनको सामना गर्नेछ। एफ ए कपमा भएका ८ बराबरीमध्ये पाँच रिप्लेको आधारमा हुनेछ। यी खेलहरु मार्च १ बाट हुनेछन्।
एफ ए कपको पाँचौँ चरणको खेल तालिकाः
साउथहेम्प्टन बनामविरुद्ध लुटन टाउन÷ग्रिम्स्बी टाउन
लेस्टर सिटीविरुद्ध ब्ल्याकबर्न रोभर्स÷बर्मिघम सिटी
स्टोक सिटी विरुद्ध ब्राइटनहोभ एल्बियन
रेक्सहम÷शेफिल्ड युनाइटेड विरुद्ध टोटेनहम हटस्पर
फुलहम÷सन्डरल्याण्ड विरुद्ध लीड्स युनाइटेड
ब्रिस्टल सिटी विरुद्ध म्यानचेस्टर सिटी
म्यानचेस्टर युनाइटेड विरुद्ध वेस्ट ह्याम युनाइटेड
इप्सविच टाउन÷बर्नले विरुद्ध शेफिल्ड÷फ्लीटवुड टाउन