काठमाडौँ – टोटनह्यामले स्पोटिङ लिस्बनका फुल ब्याक पेड्रो पोरोलाई ४५ मिलियन युरोमा क्लबमा अनुबन्ध गरेको छ। पोरोले टोटनह्यामका लागि २३ नम्बरको जर्सी लगाउनेछन्। २३ वर्षिय पोरोलाइ टोटनह्यामले सिजनको अन्त्यसम्मका लागि लोनमा भित्र्याएको हो।
पोरो यसअघि सन् २०२० मा दुइ वर्षको ऋण सम्झौतामा स्पोटिङ पुगेका थिए। उनी गत समयमा क्लबमा स्थायी भएका थिए। त्यसअघि उनी म्याचेस्टर सिटीमा भए पनि पहिलो टोलीबाट खेल्ने मौका पाएनन्।