काठमाडौं – जबरजस्तीकरणीको कसुरमा धरौटीमा छुटेका क्रिकेटर सन्दीप लामिछानेलाई थुनामा फर्काउने मागसहित परेको रिटमा आज सर्वोच्च अदालतमा सनुवाइ हुने भएको छ। उच्च अदालत पाटनले २० लाख रुपैंया धरौटीमा रिहा गर्न आदेश दिएपछि सन्दीप ९९ सय दिन थुनामा बसेर रिहा भएका थिए।

तर महान्यायाधिवक्ताको कार्यालयले उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नपर्ने मागथसहित सर्वोच्चमा निवेदन दिएपछि आज पेसी तोकिएको हो। उच्च अदालतको आदेशले छुटेका सन्दीप आजैबाट राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा फर्किँदैछन्। यता सर्वोच्च अदालतमा भने उनले प्रशिक्षण थालेकै दिन थुनामा पठाउने मुद्दामा सुनुवाइ हुने भएको छ।

नेपाल क्रिकेट संघ क्यानले बिहीबारमात्रै उनलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाएको थियो। यसअघि माघ १७ गते पोखरामा बसेको क्यान कार्यसमितिको बैठकले सन्दीपमाथिको निलम्बन फुकुवाको निर्णय गरेको थियो। जबरजस्तीकरणीको मुद्दामा असोज २० गते पक्राउ परेसँगै तत्कालिन कप्तान लामिछाने निलम्बनमा परेका थिए।

आगामी फागुन २ देखि ९ सम्म कीर्तिपुरमा हुने त्रिदेशीय सिरिजमा सन्दीपलाई समेट्दै २० सदस्यीय टोली घोषणा गरिएको छ। त्रिदेशीय सिरिजमा नेपालसहित नामविया र स्कटल्याण्डबीच खेल हुनेछ। सन्दीप उच्च अदालतको आदेश पुस २९ गते रिहा भएका हुन्।

त्यसअघि जिल्ला अदालत काठमाडौंले भने उनलाई पुर्पक्षका लागि थुनामाा पठाएको थियो। अब सर्वोच्चले उच्चको आदेश सदर गरे सन्दीपले क्रिकेट खेल्न पाउनेछन्। जिल्ला अदालतले झैं पुर्पक्षका लागि थुनामै राख्न आदेश दियो भने शुक्रबार प्रशिक्षण थालेकै दिन उनलाई पुनः कारागार फर्काइनेछ।

By ekhel