काठमाडौं – लिड्स युनाइटेडका फरवर्ड रोड्रिगो एङ्कल इन्ज्युरीका कारण २ महिना मैदान बाहिर रहने भएका छन्। एक्रिङगटन स्टेनलीमा शनिबार राति भएको एफए कपको खेलमा स्पेनी रोड्रिगोको हड्डी र लिगामेन्ट च्यातिएको क्लबले पुष्टि गरेको छ।
३१ वर्षीय रोड्रिगो सन् २०२० मा भ्यालेन्सियाबाट २६ मिलियन पाउन्डमा क्लबमा अनुबन्ध भएका थिए। रोड्रिगोले यो सिजन १२ गोल गरिसकेका छन्। रोड्रिगो आगामी मार्च अन्तसम्म खेलमा फर्कनेमा मेडिकल टोली विश्वस्त रहेको लिड्सले जनाएको छ।