साफ यू-२० महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित

Byekhel

२१ माघ २०७९, शनिबार २१ माघ २०७९, शनिबार २१ माघ २०७९, शनिबार

काठमाडौं – बंगलादेशमा  शुक्रबारदेखि सुरु साफ यू-२० महिला च्याम्पियनसिपमा नेपाल पहिलो खेलमै पराजित भएको छ । ढाका कमलापुरस्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा भएको खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग ३-१ ले पराजित भएको हो ।

खेफमा पहिलो आधा घण्टामै तीन गोल भएको थियो । खेलको तेसो मिनेटमै अकलिमा खातुनले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । कप्तान शामसुननाहरले १३ मिनेटमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारिन् । दुई गोलले पछि परेको नेपालले पहिलो हाफमै खेलमा फर्कने प्रयास गर्‍यो ।

२४ ‌औं मिनेटमा मनमाया दमाईले गोल गर्दै खेल २-१ को स्थितिमा पुर्‍याइन । त्यसपछि नेपाल बराबरी गोल फर्काउने प्रयासमा रहे पनि सफल हुन सकेन । बंगलादेशले एन्जुरी टाईममन तेस्रो गोल गर्‍यो ।

By ekhel