आत्मघाती गोलसँगै वुल्भ्ससँग हार्‍यो लिभरपुल

Byekhel

२२ माघ २०७९, आईतवार २२ माघ २०७९, आईतवार २२ माघ २०७९, आईतवार

काठमाडौं , २२ माघ – कतार विश्वकपपछि खराब लयमा रहेको लिभरपुल वुल्भ्ससँग पनि हारेको छ। प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुल घरेलु टोली वल्भ्ससँग ३–० गोल अन्तरले हारेको हो। वुल्भ्सको जितमा क्रेइग डसन र रुवेन नेभेसले एक एक गोल गरे।

एक गोल उपहार पायो। पहिलो हाफमा २–० ले पछि परेको लिभररपुलले दोस्रो हाफमा १ गोल खायो। खेलको पाँचौँ मिनेटमै लिभरपुल आत्मघाती गोलबाट पछि परेको थियो। लिभरपुलका जोएल मटिपले एक गोल उपहार दिए। खेलको १२औं मिनेटमा क्रेइग डसनले अग्रता दोब्बर पारे।

७१औँ मिनेटमा वुल्भ्सका रुवेन नेभेसले गोल गर्दै टोलीलाई ३–० को अग्रता दिलाए। जितसँगै वुल्भ्स १५औं स्थानमा उक्लिएको छ। पराजित लिभरपुल १०औं स्थानमा छ। गएराति नै भएको खेलमा शीर्ष स्थानमा रहेको आर्सनल एर्भटनसँग स्तब्ध भएको छ। गएराति भएको खेलमा आर्सनल एभर्टनसँग १–० गोल अन्तरले हारेको हो।

हारसँगै आर्सनलले दोस्रो स्थानमा रहको म्याचेस्टर सिटीसँगको अंक दूरी कम गर्ने मौका गुमाएको छ। शनिबार रााति नै भएको खेलमा लेस्टर सिटीले एस्टन भिल्लालाई ४–२ गोल अन्तरले पाखा लगायो। अर्को खेलमा ब्रेन्टफडर्लले साउथ ह्याम्टनलाई ३–०, ब्राइटनले बर्नमाउथलाई १–० ले तथा म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई २–१, हराएको छ। अर्को खेलमा न्यु क्यासल र वेस्ट ह्यामले एक/एक गोलको बराबरी खेले।

By ekhel