राष्ट्रिय कराते प्रतियोगिताको पहिलो दिन नेपाल पुलिस क्लबलाइ ३ स्वर्ण पदक

Byekhel

२७ माघ २०७९, शुक्रबार २७ माघ २०७९, शुक्रबार २७ माघ २०७९, शुक्रबार

काठमाडौं – दोस्रो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पहिलो दिन नेपाल पुलिस क्लबले ३ स्वर्ण पदक जितेको छ। ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीको हलमा बिहीबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिन विभागिय टोली नेपाल पुलिस क्लबले ३ तथा नेपाल एपिएफ क्लबले २ स्वर्ण पदक जितेको हो।

एकल कातामा नेपाल पुलिस क्लबकी पुलिसकी चन्चला दनुवारले स्वर्ण पदक हात पारिन्। उनी सम्मिलित टोलीले टिम कातामा पनि स्वर्ण जित्न सफल भयो। महिला टिम कातामा आर्मीले रजत तथा एपिएफ र बागमतीले रजत पदक जिते।कुमुतेतर्फ पुलिस क्लबकै पुष्पका लामाले ४५ केजी तौल समूहमा त्रिभुवन आर्मी क्लबकी ममता महर्जनलाई ४–१ ले हराउँदै स्वर्ण जितिन्। एपिएफकी दीपा लामा र प्रदेश १ की प्रतिममा राई कास्य पदकमा सिमित भए।

महिला एकल कातामा कर्णाली प्रदेशकी एलिशा रोसिका मगरले रजत तथा बागमत प्रदेशकी मिरा खाती र प्रदेश १ की रोश्मा राईले कास्य पदक हात पारे। पुरुषतर्फ एपिएफका सोनिम मानन्धरले पुरुष एकल कातामा स्वर्ण जित्दा उनी सम्मिलित टोलीले टिम कातामा स्वर्ण पदक जित्न सफल भयो।

एकल कातामा पुलिस क्लबका महसुस मोक्तानले रजत तथा बागमती रेहान जाभेद र आर्मीका विजय लिम्बुले कास्य पदक हात पारे। गोदावारी नगरपालिकाद्धारा आयोजित कृष्ण प्रसाद भट्टराई खेल महोत्सव–२०७९ अन्तर्गत नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरले संचालन गरेको राष्ट्रिय कराते प्रतियोगितामा १० टोलीको सहभागिता जनाएका छन्। प्रतियोगिताको च्याम्पियन टोलीले ट्रफि सहित १ लाख र उपविजेता टोलीले ५० हजार रुपैयाँ पाउनेछन्।

By ekhel