ब्रिटिस कलेजले पहिलोपटक कलेजस्तरीय बास्केटबल प्रतियोगिता गर्ने

Byekhel

२७ माघ २०७९, शुक्रबार २७ माघ २०७९, शुक्रबार २७ माघ २०७९, शुक्रबार

काठमाडौं – ब्रिटिस कलेजले पहिलोपटक कलेजस्तरीय बास्केटबल प्रतियोगिता गर्ने भएको छ। कलेजले यही फागुन १४ (फेब्रुअरी २६) देखि ‘द टीबीसी बास्केटबल टुर्नामेन्ट २०२३’ आयोजना गर्ने भएको हो। टीबीसी स्पोर्ट्स क्लबको आयोजनामा हुने प्रतिस्पर्धाले अन्तर्कलेज सम्बन्धका साथै बास्केटबलको प्रवर्द्धन गर्न सहयोग गर्ने आयोजकको अपेक्षा छ।

प्रतिस्पर्धा मार्च ४ सम्म हुनेछ भने विजेताले नगद ५० हजार र दोस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार जित्नेछन्। टीबीसी बास्केटबलमा हुने प्रतियोगिता फाइभ अन फाइभ फिचरसहित लिग कम नकआउट फरम्याटमा खेलाइनेछ। सहभागी हुने खेलाडीले राष्ट्रिय र क्षेत्रीय प्रतिस्पर्धामा सहभागिता नजनाएको हुनुपर्नेछ। उपत्यकाका सबै कलेज सहभागी हुनसक्नेछन्। यसको लागि दर्ता शुल्क १० हजार रहेको छ। फेब्रुअरी २२ सम्म दर्ता गरिसक्नुपर्नेछ।

By ekhel