एक दिवसीय त्रिकोणात्मक सिरिजका लागि स्कटल्यान्डको राष्ट्रिय टोली नेपाल आइपुग्यो

Byekhel

२७ माघ २०७९, शुक्रबार २७ माघ २०७९, शुक्रबार २७ माघ २०७९, शुक्रबार

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियासम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजका लागि स्कटल्यान्डको राष्ट्रिय टोली नेपाल आइपुगेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आगामी फागुन २ गते देखि सुरु हुने सिरिजका लागि स्कटल्यान्डको टोली बिहीबार नेपाल आएको हो। स्कटल्यान्डको टोलीले  शुक्रबारदेखि मुलपानी क्रिकेट मैदानमा अभ्यास गर्नेछ।

लिग २ को सिरिज अन्तर्गत स्कटल्यान्डको यो अन्तिम लिग हो। स्कटल्यान्डले ३२ खेलमा २२ मा जित, ८ मा हार भोग्दै ४६ अंक जोड्दै शीर्ष स्थानमा छ। शीर्ष स्थानमा रहेको स्कटल्यान्डले एकदिवसीय विश्वकप ग्लोबल छनोटमा स्थान पक्का गरिसकेको छ।

यता लिगका २४ खेल खेलेको नेपालले मात्र ८ खेलमा जित र १४ खेलमा हार भोग्दै १८ अंकमा छैटौं स्थानमा छ। ३० खेल खेलेको नामिबियाले १८ खेलमा जित र ११ मा हारसहित ३७ अंक जोड्दै तेस्रो स्थानमा छ। नामिबियाको टोली १ दिनपछि आउने छ।

By ekhel