विराट गोल्डकप फुटबलको पुरस्कार राशी बढाइने

Byekhel

१ फाल्गुन २०७९, सोमबार १ फाल्गुन २०७९, सोमबार १ फाल्गुन २०७९, सोमबार

विराटनगर – मोरङको प्रतिष्ठित विराट गोल्डकप फुटबलको पुरस्कार राशी बढाइने भएको छ । विराट गोल्डकप ट्रष्टले गर्ने प्रतियोगिता चैत ९ देखि १७ गतेसम्म सन्चालन गर्न अखिल नेपाल फुटबल संघ एन्फाले समय उपलब्ध गराएको छ ।विराट गोल्डकपमा पछिल्लो संस्करणको उपाधि विजेताले १५ लाख १५ रुपैयाँ पुरस्कार पाएको थियो भने उपविजेताले ७ लाख ५१ हजार रुपैयाँ पाएको थियो ।

यस सिजनको बिजेताले पाउने पुरस्कारको राशी बृद्धि गर्ने तयारी गरिएको विराट गोल्डकपका कार्यकारी निर्देशक सुवाशीस कोइरालाले बताए । ‘विराट गोल्डकपलाई अझ स्तरीय बनाउन पुरस्कार राशी पनि बढाउन लागिएको हो,’ सुवाशीसले भने । उनका अनुसार प्रतियोगिताको विजेताले पाउने रकम करिव २० लाख र उपविजेताले पाउने रकम करिव १० लाख बनाउन तयारी भएको छ ।

प्रतियोगितामा प्रत्येक खेलको विजेता टिमले नगद २५ हजार रुपैयाँ नगद पाउने तथा विधागततर्फ उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता र फेयर प्ले टिमलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ । विराटनगरको शहीद रंगशालामा हुने प्रतियोगिताका फ्लड लाइटमा सञ्चालन हुने छन् । ८ टिमले सहभागिता जनाउने प्रतियोगितामा ७ खेल हुनेछन् ।

By ekhel