लिभरपुलले प्रिमियर लिगमा यो सिजनको पहिलो जित

Byekhel

२ फाल्गुन २०७९, मंगलवार २ फाल्गुन २०७९, मंगलवार २ फाल्गुन २०७९, मंगलवार

काठमाडौं – डच फरवार्ड कोडी गोक्पोले लिभरपुलका लागि आफ्नो पहिलो गोल गरेपछि जर्गेन क्लोपको टोली लिभरपुलले प्रिमियर लिगमा यो सिजनको पहिलो जित निकालेको छ।  खराब लयबाट गुज्रिरहेको लिभरपुलले सोमबार राति एनफिल्डमा भएको खेलमा लिभरपुलले एभर्टनलाई २–० गोल अन्तरले पराजित गरेको हो।

इजिप्ट फरवार्ड मोहम्मद सलाहको गोलमा लिभरपुरले खेलमा सुरुवाती अग्रता लिएको थियो। खेलको ३६ औँ मिनेटमा नुनेजको पासमा सलाहले बललाई पोष्टको गति दिएका थिए। खेलको ४९ औँ मिनेटमा गोक्पोले गोल गर्दै लिभरपुललाई जिततर्फ अघि बढाएका थिए।

यो जितले लिभरपुलको शिर्ष चारमा पुग्ने कमजोर आशालाई बढाएको छ। जितसँगै लिभरपुल २१ खेलबाट ३२ अंक जोडेर नवौँ स्थानमा पुगेको छ। एक खेल बढी खेलेको चेल्सी सातौँ स्थानमा झरेको छ। हारले भने एभर्टनलाई रेलिगेसन क्षेत्रमा छाडेको छ। २२ खेलबाट १८ अंक जोडेको एर्भटन १८ औँ स्थानमा छ।

एभर्टनले शनिबार राति लिड्ससँग महत्वपुर्ण खेल खेल्दैछ। एभर्टनले लिड्समाथि जित निकालेको खण्डमा रेलिगेसन क्षेत्र छाड्दा लिड्स पनि रेलिगेसनबाट बच्न संर्घष गरिरहेको छ।

By ekhel