भूकम्पपछि हराएका फुटबलर अत्सुको शव दुई सातापछि भेटियो

Byekhel

६ फाल्गुन २०७९, शनिबार ६ फाल्गुन २०७९, शनिबार ६ फाल्गुन २०७९, शनिबार

काठमाडौं – टर्कीको भूकम्पपछि घर भत्केर पुरिएका फुटबल खेलाडी क्रिस्टियन अत्सु मृत फेला परेका छन्। भूकम्प गएको झण्डै दुई सातापछि उनको शव फेला परेको हो।

घानाका ३१ वर्षीय खेलाडी अत्सुले इंग्लिस प्रिमियर लिगमा एभरटन, चेल्सी र न्युक्यासलका लागि खेलेका थिए। ६ फेब्रुअरीका दिन अन्ताक्यामा उनको अपार्टमेन्ट भत्केपछि उनी हराइरहेका थिए।

पछिल्लो समय उनी टर्कीको क्लब हतायस्परमा थिए। भूकम्पपछि सो क्लबले घाइते अवस्थामा अत्सुको उद्धार गरिएको बताएको थियो। तर, भोलिपल्ट फेरि उनी फेला नपरेको बताइयो। उनका एजेन्टले शनिबार उनको मृत्युको पुष्टि गरेका छन्। सो क्लबमा उनी सेप्टेम्बर २०२२ मा आबद्ध भएका थिए।

By ekhel