काठमाडौं – नेपाल र भारतको महिला फुटबल टिमबीचको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल पनि बराबरीमा सकिएको छ । चेन्नइस्थित जवाहरलाल नेहरू स्टेडियममा शनिबार भएको खेलमा नेपाल र भारतदे गोलरहित बराबरी खेलेका हुन् । खेलमा दुवै टोलीले गोल गर्ने केही अवसर बनाए पनि फिनिसिङ हुन सकेन ।
नेपाली गोलकिपर कप्तान एन्जिला तुम्बापो सुब्बाले भारतको केही आक्रमणलाई उत्कृष्ट बचाउ गर्दै संकट टारेकी थिइन् । यसअघि भएको पहिलो मैत्रीपूर्ण खेल २-२ को बराबरीमा सकिएको थियो । पेरिस ओलम्पिक २०२४ को एसियन क्वालिफायरको तयारीमा रहेका भारत र नेपालले दुई मैत्रीपूर्ण खेल खेलेका हुन् ।