भारतसँग २ वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेर नेपाली महिला टोली घर फर्के

Byekhel

८ फाल्गुन २०७९, सोमबार ८ फाल्गुन २०७९, सोमबार ८ फाल्गुन २०७९, सोमबार

काठमाडौं – भारतसँग २ वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेर नेपाली महिला टोली घर फर्केको छ । आज आइतबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीले स्वागत गरेका थिए ।

भारतको चेन्नइस्थित जवाहरलाल नेहरू स्टेडियममा शनिबार भएको खेल गोलरहित बराबरी भएको थियो । यसअघि ३ फागुनमा भएको पहिलो मैत्रीपूर्ण खेल २-२ को बराबरीमा सकिएको थियो । पेरिस ओलम्पिक २०२४ को एसियन क्वालिफायरको तयारीमा रहेका भारत र नेपालले दुई मैत्रीपूर्ण खेल खेलेका हुन् । पहिलो मैत्रीपूर्ण खेलमा घाइते भएकी गीता राना मगर भने ह्वील चियरमा आएकी थिइन् ।

By ekhel