म्यानचेष्टर युनाइटेड सँग लेस्टर सिटी ३-० ले पराजित

Byekhel

८ फाल्गुन २०७९, सोमबार ८ फाल्गुन २०७९, सोमबार ८ फाल्गुन २०७९, सोमबार

काठमाडौं – मार्कुस रासफोर्डको दुई गोल मद्दतमा म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा आइतबार लेस्टर सिटीलाई ३-० ले पराजित गरेको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा रासफोर्डले २५औं मिनेटमा ब्रुनो पर्नान्डेजको पासमा गोल गरे । यस्तै ५६औं मिनेटमा रासफोर्डले व्यक्तिगत दोस्रो गोल गरे ।

युनाइटेडका लागि जाडोन सान्चोले ६१औं मिनेटमा ब्रुनोकै पासमा गोल गरे । जितपछि तेस्रो स्थानको युनाइटेडको २४ खेलबाट ४९ अंक भएको छ । युनाइटेडले दोस्रो स्थानको सिटीसँग अंकदूरी ३ मा छोठ्याएको छ । आर्सनल २३ खेलबाट ५४ अंकसहित शीर्ष स्थानमा छ ।

यस्तै अर्को खेलमा टोटनहमले वेष्टहमलाई २-० ले हरायो । यस जितपछि टोटनहम चौथो स्थानमा उक्लेको छ । घरेलु मैदानमा टोटनहमको लागि एमरसनले ५६औं र हेउन मिन सनले ७२औं मिनेटमा गोल गरे । टोटनहमको २४ खेलबाट ४२ अंक भएको छ र न्युकासललाई १ अंकले पछि छाडेको छ ।

By ekhel