जर्मन क्लब फ्रान्कफर्टसँग नेपोलीको २–० को जीत

Byekhel

१० फाल्गुन २०७९, बुधबार १० फाल्गुन २०७९, बुधबार १० फाल्गुन २०७९, बुधबार

काठमाडौं – इटालियन क्लब नेपोलीले जर्मन क्लब फ्रान्कफर्टलाई पराजित गरेको छ । युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको नेपोलीले फ्रान्कफर्टलाई २–० को पराजित गरेको हो । १० खेलाडीमा समेटिएको घरेलु टोली फ्रान्कफर्टसँगको नेपोलीको जितमा भिक्टर ओसिमहेन र जियोभानी डि लोरेन्जोले गोल गरे ।

ड्युट्से बैंक पार्क फ्रान्कफर्टमा मंगलबार राति भएको खेलको ३६औं मिनेटमा कभिचा कभाराट्सकेलिया पेनाल्टीमा चुक्दा नेपोली अग्रता लिनबाट चुक्यो । तर, ४०औं मिनेटमा भिक्टर ओसिमहेनले हिर्भिङ लोजानोको पासमा गोल गर्दै नेपोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाए ।

रान्दल कोलो मुआनीले रातो कार्ड खाँदै मैदानबाट बाहिरिए ५८औं मिनेटमा घरेलु टोली फ्रान्कफर्ट १० खेलाडीमा समेटिन पुग्यो । त्यसपछि ६५औं मिनेटमा जियोभानी डि लोरेन्जोले गोल गर्दै नेपोलीलाई २–० को सहज जित दिलाए ।यस जितसँगै नेपोली पछिल्लो ९ खेलसम्म अपराजित रहन सफल भएको छ ।

By ekhel