लुकाकुको निर्णायक गोलमा इन्टर मिलानले एफसी पोर्टोलाई हरायो

Byekhel

११ फाल्गुन २०७९, बिहीबार ११ फाल्गुन २०७९, बिहीबार ११ फाल्गुन २०७९, बिहीबार

काठमाडौं – वैकल्पिक खेलाडी रोमेलु लुकाकुको निर्णायक गोलमा यूईएफए च्याम्पियन्स लिगको प्रि-क्वार्टरफाइनलको पहिलो लेगमा इन्टर मिलानले एफसी पोर्टोलाई हराएको छ। बुधबार राति घरेलु मैदानमा भएको खेलमा इन्टरले १० खेलाडीमा सीमित पोर्टोलाई १–० गोलले हराएको हो। खेलको ७८औँ मिनेटमा पोर्टोका आटाभियो दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाडेका थिए।

सान सिरोमा भएको खेलमो ८६औँ मिनेटमा लुकाकुको पहिला प्रयास पोस्टमा लाग्दै बाहिरिएको थियो। त्यसकै रिबउन्डमा आएको बललाई लुकाकुले पोस्टको जाली चुमाएका हुन्। जितसँगै इन्टरको अघिल्लो यात्रा सहज भएको छ। दोस्रो लेगमा इन्टरलाई बराबरीको नतिजा नै क्वार्टरफाइनलमा पुग्न पर्याप्त हुनेछ। दोस्रो लेग १४ मार्चमा पोर्टोको घरेलु मैदानमा हुनेछ।

By ekhel