काठमाडौं, ११ फागुन – यूईएफए च्याम्पियन्स लिगको प्रि-क्वार्टरफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीलाई आरबी लाइपजिगले बराबरीमा रोकेको छ। बुधबार राति भएको खेलमा सिटीले सुरुवाती अग्रता बनाए पनि त्यसलाई जोगाउन नसक्दा लाइपजिगसँग बराबरीमा रोकिएको हो। खेलको २७औँ मिनेटमा रियाद महारेजको गोलमा सिटीले सुरुवाती अग्रता बनाएको थियो।
पहिलो हाफमा १–० ले अग्रता बनाएको सिटीले दोस्रो हाफमा एक गोल खाँदै बराबरीमा रोकिएको छ। पहिलो हाफमा लाइपजिगविरुद्ध दबाब सिर्जना गरेको सिटीले दोस्रो हाफमा पनि सोही लयलाई निरन्तरता दिन सकेन। खेलको ७०औँ मिनेटमा जोस्को ग्वार्डियोलले गोल गर्दै लाइपजिगलाई बराबरीमा ल्याए। बराबरीसँगै अघिल्लो चरण पुग्न सिटी र लाइपजिग दुवैलाई स्पष्ट जितको खाँचो छ। दोस्रो लेग १४ मार्चमा सिटीको घरेलु मैदानमा हुनेछ।