काठमाडौं – एन्जल डी मारियाको ह्याट्रिकको मद्दतमा नान्टेजविरुद्ध सहज जित हासिल गर्दै युभेन्टस युरोपा लिगको अन्तिम १६ मा पुगेको छ। पहिलो लेग १–१ को बराबरीमा सकिएको खेलको बिहीबार राति भएको दोस्रो लेगमा ३–० ले तथा समग्रमा ४–१ को नतिजा निकाल्दै युभेन्टस अन्तिम १६ मा पुगेको हो।
खेलको पाँचौँ मिनेटमा डी मारियाले १८ यार्ड नजिकबाट गरेको प्रहारले पोस्टको गति लिँदै खेलमा सुरुवाती अग्रता लिएको थियाो। खेलको १७औँ मिनेटमा नान्टेजका डीफेन्डर निकोलस पालोइसले ह्यान्डबल गरेपछि उनलाई रातो कार्ड दिँदै मैदान बाहिर पठाइएको थियो।
उनले बललाई हातले छोएपछि युभेन्टसले पेनाल्टी पाएको थियो। डी मारियाले पेनाल्टी प्रहारलाई सदुपयोग गर्दै टोलीलाई २–० को अग्रता दिलाए। ७८औँ मिनेटमा डी मािरयाले ह्याट्रिक गर्ने क्रममा टोलीलाई आरामदायी ३–० को अग्रता दिलाउँदै टोलीको अघिल्लो चरण यात्रा सुरक्षित गरे।