काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए डिभिजन लिगसहित बी र सी लिगका लागि मार्केटिङ, ब्रोडकास्टिङ, डिजिटल र टिकेटिङको जिम्मा एमडीएसीलाई दिएको छ। एन्फाले सोमबार पत्रकार सम्मेलन गर्दै एमडीएसीलाई लिगका लागि भ्याटबाहेक १ करोड ९७ लाख रुपैयाँमा जिम्मा दिएको जनाएको छ।
सम्झौता अनुसार एन्फाले एमडिएसीसँग ५० प्रतिशतरकम लिइसकेको महासचिव राईले बताए। सम्झौता पत्रमा एमडीएसीका प्रबन्धनिर्देशक अर्जुन घिमिरे र एन्फा महासचिव किरण राईले हस्ताक्षर गरे। एन्फाले यो सिजनका लागि मात्र सम्झौता गरेको जनाएको छ। लिगको स्पेश फोर के टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ।
लिगमा हुने १ सय ८२ खेलहरु मध्ये ९१ वटा खेलहरु टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुनेछ। लिग आगामी १९ गतेदेखि सुरु हुदैन। त्रिपुरेश्वरस्थित दशरथ रगंशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स मैदानमा खेल हुनेछ।