काठमाडौँ – रेलिगेसन जोनबाट बच्न संर्घष गरिरहेको एभर्टनमाथि सानदार जित निकाल्दै इङलिस प्रिमियर लिगको शीर्ष स्थानको आर्सनलले अंक दुरी बढाएको छ। बिहीबार राति एभर्टनको घरेलु मैदान इमिरेन्ट्स स्टेडियममा भएको खेलमा आर्सनलले ४–० को फराकिलो जित दर्ता गरेको हो।
यो सँगै आर्सनलले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीसँगको अंक दुरी ५ पुर्याएको छ। खेलको ४० औँ मिनेटमा ओलेक्जान्डर जिन्चेन्कोको पासमा बुकायो साकाले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा मार्टिनेलीले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे।
पहिलो हाफमा २–० ले अग्रता बनाएको आर्सनलले दोस्रो हाफमा २ गोल थप्यो। खेलको ७१ औँ मिनेटमा आर्सनलका कप्तान मार्टिन ओडेर्गाडले गोल गर्दै एर्भटनविरुद्ध अग्रता फराकिलो पारे। खेलको ८१ औँ मिनेटमा मार्टिनेलीले व्यक्तीगत दोस्रो गोल गर्दा टोलीका लािग चौथो गोल गरे। यो जितसँगै आर्सनलले २५ खेलबाट ६० अंक पुर्याएको छ। समान खेलबाट दोस्रो स्थानको सिटीको ५५ अंक छ। गएराति नै भएको अर्को खेलमा लिभरपुलले वुल्भ्सलाई २–० गोल अन्तरले हराएको छ।