बूढासुब्बा गोल्डकप : केएफटिसी फाइनलमा प्रवेश

Byekhel

१८ फाल्गुन २०७९, बिहीबार १८ फाल्गुन २०७९, बिहीबार १८ फाल्गुन २०७९, बिहीबार

धरान – धरानमा जारी बूढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिताको २३औँ संस्करणमा भारतको युनाइटेड कर्साङ फुटबल क्लब (युकेएफसी)लाई पराजित गर्दै काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) फाइनलमा प्रवेश गरेको छ । धरान–१६ स्थित रङ्गशालामा आज भएको खेलमा युकेएफसीलाई ३–१ गोल अन्तरले पराजित गर्दै केएफटिसी फाइनलमा प्रवेश गरेको हो ।

केएफटिसीका लागि विदेशी खेलाडी यमी, सुशील राई र निशान लिम्बूले गोल योगदान गर्नुभयो । खेलको २२औँ मिनेटमा केएफटिसीले खेलमा अग्रता लिएको थियो । यमीले विपक्षी दुई डिफेन्स र गोल किपरलाई समेत बिट गर्दै उत्कृष्ट गोल गर्नुभयो । बदलामा युकेएफसीका हेमराज भुजेलले गोल गर्दै खेल बराबरीमा पु¥याउनुभयो । भुजेलले प्रतिक लामाको पासमा सानदार हेड गोल गर्नुभएको थियो ।

पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो । दोस्रो हाफमा केएफटिसीले थप दुई गोल गरी टिमलाई विजय सुनिश्चित गरेको थियो । दोस्रो हाफको ४७आँै मिनेटमा यमीको क्रसमा गिल्सन लिम्बूले मिलाइदिएको पासलाई केएफटिसीका सुशील राईले गोल गरे । खेलको इन्जुरी समयमा सुशील राईलाई विपक्षी डिफेन्सले फल गरेपछि पाएको पेनाल्टीमा निशान लिम्बूले अर्को गोल गर्नुभयो ।

खेलको म्यान अफ द म्याच भने केएफटिसीका यमी घोषित भई नगद रु १० हजार पुरस्कार पाउनुभएको छ । सोचेजस्तो खेल खेल्न नसक्दा आफ्नो टिम पराजित भएको युकेएफसीका प्रशिक्षक उर्गेन लामाले बताउनुभयो । आफूले बनाएको रणनीतिअनुसार खेलाडीले खेल्दा नतिजा निस्किएको केएफटिसीका प्रशिक्षक मुन्ना सुब्बाले प्रतिक्रिया दिनुभयो । बिहीबार विदेशी टिम एभिनियर क्यामरुन र एन्फा मोरङबीच सेमी फाइनलको खेल हुने आयोजकले जनाएको छ ।

By ekhel