काठमाडौं – एफसी खुमलटार फुटबल क्लबले पहिलो खेलमै सुखद सुरुवात गरेको छ। सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शुक्रबार दशरथ रंगशाला भएको उद्घाटन खेलमा खुमलटारले बलियो प्रतिद्वन्द्वी फ्रेन्ड्सलाई पराजित गरेको हो।
खुमलटारलाई सुखद सुरुवात दिने क्रममा अफ्रिकन खेलाडी मेसुके ओलुमोउले खेलको ८९ औँ निर्णायक गोल गरेका थिए। पहिलो हाफ बराबरीमा सकिएको अवस्थमा खुमलटारका लागि ८९ औँ मिनेटसम्म जया गुरुङको पासमा ओलुमोउले बललाई जाली चुमाए। यो जितपछि खुमलटारले ३ अंक बनाएको छ। उता बलियो र पुरानो टोली फ्रेन्ड्स्का लागि लिगको नयाँ सिजन हारबाट सुरु भएको छ।