काठमाडौं – शहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पाले अंक बाँडेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा मनाङ र शेर्पाले एक एक गोलको बराबरी गर्दै अंक बाँडेका हुन्।
खेलको पहिलो हाफमा १–० ले पछि परेको शेर्पाले दोस्रो हाफमा पुनरागमन गर्दै मनाङसँग अंक खोसेको हो। खेलको १४ औँ मिनेटमा रोशन राना मगरको गोलमा मनाङले सुरुवाती अग्रता बनाएको थियो। तर, दोस्रो हाफको अन्तिम मिनेटमा सम्हालिन नसक्दा मनाङ बराबरी गर्न बाध्य भयो।
खेलको ८५ औँ मिनेटमा शेर्पाका सुरेश कुमालले गोल गर्दै खेललाई बराबरीमा ल्याए। आजै भएको पहिलो खेलमा एपीएफले थ्रीस्टार क्लबलाई २–० गोलले पराजित गरेको थियो। शनिबार कै अर्को खेलमा चर्च ब्वाईज युनाइटेड क्लबले नेपाल पुलिस क्लबमाथि २–१ पुगोल अन्तरले हरायो।