काठमाडौँ, २३ फागुन – आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपालमा हुने अन्तिम त्रिकोणात्मक शृंखला खेल्न आउने यूएईको टोली घोषणा भएको छ ।
एमिरेट्स क्रिकेट बोर्डले मंगलबार मुहम्मद वासिमको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । यूएईमा सोमबार सकिएको लिग टु कै शृंखलामा नेपाल विरुद्धको खेलबाट कप्तानी डेब्यु गरेका वासिमले नै कप्तानमा निरन्तरता पाएका छन् ।
उनले सीपी रिजवानलाई रिप्लेस गरेका हुन् घरेलु मैदानमा खेलेको शृंखलामा रहेका ३ खेलाडी परिवर्तन भएका छन् । आलिसा शाराफु, राहुल भाटिया र सबिर अलीको स्थानमा अश्वन्त भल्थापा, आर्यंश शर्मा र जावर परिद टिममा समावेश भएका छन् ।
आर्यंशले यू-१९ विश्वकप छनोट खेलेका थिए । नेपाल यूएई र पपुवा न्युगिनी सम्मिलित लिग टू को अन्तिम शृंखला बिहीबारदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ । असद भालाको कप्तानीमा यूएईमै खेलेको पपुवा न्यु गिनीको टोली नेपाल आउने छ ।