काठमाडौं – तेस्रो ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ। नेपाल बालकुमारी क्याकोसिन कराते संघले आयोजना गरेको प्रतियोगितामा देशभरबाट १५० खेलाडीले भाग लिएका छन्।
दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको ललितपुर महानगरपालिका मेयर चिरिबाबुर महर्जन उद्घाटन गरे। उनले खेलकुदले मानिसलाई स्वस्थ बनाउने मात्र नभई इमान्दार र अनुशासित बनाउने बताए। ललितपुर खेलकूदको विकासका लागि महानगरले आवश्यक सहयोग गर्ने महर्जनको भनाई छ।