काठमाडौँ – सबैका लागि खेदकुद भन्ने नाराका साथ खेल गतिविधि र खेल शिक्षा अभियान सञ्चालन गर्दैआएको मदन भण्डारी स्पोर्टस एकेडेमीले अन्तर्राष्ट्रिय खेलकुद दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्नेभएको छ । काठमाडौंमा सम्पन्न एकेडेमीको सचिवालय बैठकले सो दिवसको सन्दर्भमा चैत २३ गते बुद्ध जन्मस्थल लुम्विनीमा बृहद राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो ।
एकेडेमीका केन्द्रीय अध्यक्ष ध्रुव आचार्यका अनुसार भेलामा पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, एमालेका नेताहरुको सहभागिता रहनेछ । देशभरका सबै पालिकाबाट पाँच हजारभन्दा धेरै प्रतिनिधिहरुको सहभागिता रहने भेलाबाट एकेडेमीको ७ सय ५३ वटै पालिका कमिटी घोषणा हुनेछन् ।
भेलामा खेलको विकास र खेलका माध्ययमबाट समृद्धिलगायतका विषयमा बिशेष छलफलसँगै विभिन्न खेल प्रतियोगिता र साँस्कृतिक कार्यक्रम हुनेछन् । भेलाकै सन्दर्भमा शान्ति र समृद्धिका लागि खेलकुद भन्ने नारासहित लुम्विनीमै पिस ओपन महिला तथा पुरुष हाफ् म्याराथन प्रतियोगिता आयोजना हुनेभएको छ ।
त्यसका लागि एकेडेमीका एथ्लेटिक्स विभाग प्रमुख मोहन घलेको संयोजकत्वमा तयारी समिति गठन भएको छ । बैठकले राष्ट्रिय भेला सम्पन्न गर्न अध्यक्ष धु्रव आचार्यको संयोजकत्वमा ५११ सदस्यीय मूल ब्यवस्थापन समिति र विभिन्न समितिहरु गठन गरेको छ ।
जसअनुसार तेजविक्रम बस्नेत संयोजक, विनोद आचार्य सहसंयोजक, प्रेम सुवेदी उपाध्यायलगायत सदस्य रहेको सचिवालय तथा प्रतिनिधि व्यवस्थापन समिति, देवबहादुर कुवँर संयोजक धिरेन्द्र पन्त, सन्जिव जोशीलगायत सदस्य रहेको आर्थिक ब्यवस्थापन समिति, तुलसी मैनाली संयोजक सञ्जु महर्जन, देवी वाग्ले, मन्दिरा श्रेष्ठलगायत सदस्य रहेको अतिथि सत्कार समिति, डा. शक्ति बस्नेत संयोजक डा. प्रकाश पौडेल, डा. सुवास चौधरी, डा. दिनेश गौतम, डा.डम्बर शाहलगायत सदस्य रहेको स्वास्थ्य समिति गठन भएका छन् ।
त्यस्तै महेन्द्र लिगल संयोजक शक्ती गौचन, मदन अधिकारीलगायत सदस्य रहेको मञ्च ब्यवस्थापन समिति, नन्दबहादुर काउचा संयोजक हरि पाण्डे, सञ्जिव जोशीलगायत सदस्य रहेको खाद्य तथा आवास व्यवस्थापन समिति, बुद्धी बस्याल संयोजक, उत्तम आचार्य, राजेश पाण्डेलगायत सदस्य रहेको यातायात ब्यवस्थापन समिति, डम्बरजंग थापा संयोजक राजकुमार श्रेष्ठ रहनुभएको छ ।
सोहीअनुसार विष्णु थापालगायत सदस्य रहेको सुरक्षा तथा स्वयम सेवक परिचालन समिति, नारायण पाण्डे (काबिल) संयोजक तिलक नेपालीलगायत सदस्य रहेको सांस्कृतिक समिति, मदन उप्रेती संयोजक र मनोज खड्गीलगायत सदस्य रहेको खेल प्रदर्शन (डेमोस्ट्रेसन) समिति गठन भएका छन् ।