एथलेटिको बिल्वाओविरुद्ध बार्सिलोनाको साँघुरो जित

Byekhel

२९ फाल्गुन २०७९, सोमबार २९ फाल्गुन २०७९, सोमबार २९ फाल्गुन २०७९, सोमबार

काठमाडौँ – एथलेटिको बिल्वाओविरुद्ध साँघुरो जित हासिल गर्दै बार्सिलोनाले स्पेनिस ला लिगमा ९ अंकको अग्रता कायम गरेको छ। आइतबार राति भएको खेलमा बार्सिलोनाले एथलेटिकोलाई घरेलु मैदानमा १–० ले हराएको हो।

पहिलो हाफको इन्ज्युरी समयमा राफिन्हाले सर्जियो बुस्केटको पासमा गोल गर्दै बार्सालाई १–० को अग्रता दिलाएका थिए। त्यसपछि खेलमा थप गोल हुन नसक्दा बार्सिलोना विजयी भएको हो। २५ खेलबाट ६५ अंक बनाउँदै बार्सिलोना शीर्ष स्थानमा यथावत् छ। उता समान खेलबाट ५६ अंक जोडेको रियल मड्रिड दोस्रो स्थानमा छ।

यी दुई चीर प्रतिद्वन्द्वी रियल र बार्साको एल क्लासिको भिडन्त नोउ क्याम्पमा आगामी आइतबार हुनेछ। गएरातिकै अर्को खेलमा अल्मेरियालाई २–१ ले हराउँदै सेभिल्ला १३औँ स्थानमा उक्लिएको छ। मार्लोका र रियल सोसिडाड तथा भिल्लारियल र रियल बेटिसले १–१ गोलको बराबरी गर्दै अंक बाँडे।

By ekhel