काठमाडौं – एर्लिङ हालान्डको कीर्तिमानी पाँच गोल मद्दतमा इंग्लिस क्लब म्यानचेस्टर सिटी यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब आरबी लाइपजिगलाई म्यानचेस्टर सिटीले ७–० ले हरायो । समग्रमा ८–१ नतिजासहित सिटी अन्तिम आठमा पुगेको हो ।

यसअघि पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । घरेलु मैदान इतिहादमा गएराति भएको दोस्रो लेगमा सिटीका फरवार्ड एर्लिङ हालान्डले ५ तथा गुन्डोगान र ब्रुएनाले एक-एक गोल गरे । हालान्ड च्याम्पियन्स लिगको एकै खेलमा ५ गोल गर्ने सबैभन्दा कान्छो खेलाडी समेत बनेका छन् ।

यसअघि अर्जेन्टिनाका मेसी र ब्राजिलका लुइस एड्रियानोले एकै खेलमा पाँच गोल गरेका थिए । हालान्ड च्याम्पियन्स लिगमा सबैभन्दा छिटो ३० गोल गर्ने र सिटीबाट एकै सिजन ३९ गोल गर्ने खेलाडीसमेत बनेका छन् ।

By ekhel