काठमाडौं – साविक विजेता मछिन्द्र एफसीले शहीद स्मारक ए डिभिजन लिगको जारी सिजनमा पहिलो जित निकालेको छ । ओलावाले आफिजले दुई गोल गरेपछि मछिन्द्रले मंगलबार दशरथ रंगशालामा भएको खेलमा नेपाल पुलिस क्लबमाथि २-१ को पुनरागमन जित निकालेको हो । ओलावालेले २० औं र ४० औं मिनेटमा गोल गरे ।
त्यसअघि अन्जन राईले नवौं मिनेटमा गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । तर पुलिसले अग्रता जोगाउन सकेन । पहिलो जितपछि मछिन्द्रले चार खेलबाट ४ अंक जोडेको छ । पुलिसको भने यो लगातार चौथो हार हो ।