आर्मी क्लबलाई १-० गोल अन्तरले हराउँदै एपीएफको दोस्रो जित

Byekhel

२ चैत्र २०७९, बिहीबार २ चैत्र २०७९, बिहीबार २ चैत्र २०७९, बिहीबार

काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टोली एपीएफ क्लबले जित निकालेको छ । बुधबार अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १-० गोल अन्तरले हराउँदै एपीएफले दोस्रो जित निकालेको हो । च्यासल मैदानमा एपीएफको जितमा मणि कुमार लामाले निर्णायक गोल गरे ।

खेलको ३७ औं मिनेटमा मणिले निर्णायक गोल गरेका हुन् । जितसँगै एपीएफले ४ खेलमा ७ अंक जोडेको छ । एपीएफको यो दोस्रो जित हो । आर्मीको यो पहिलो हार हो । आर्मीले ४ खेलमा ५ अंक जोडेको छ ।

By ekhel