नेपाल–भारत मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगिता हुने

Byekhel

४ चैत्र २०७९, शनिबार ४ चैत्र २०७९, शनिबार ४ चैत्र २०७९, शनिबार

काठमाडौँ – नेपाल–भारत महिला मैत्री क्रिकेट प्रतियोगिता विराटनगरमा हुने भएको छ । नेपाल क्रिकेट फाउण्डेशनद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मेरीलीवोन क्रिकेट क्लब संयुक्त अधिराज्य, रेड मड कफी र न्यूरो अस्पताल विराटनगरको सहयोगमा विराटनगर–६ स्थित ज्वाला क्रिकेट मैदानमा चैत ४, ५, ६ र ७ गते तीन वटा टि –२० र एउटा ५० ओभरको मैत्रीपूर्ण महिला क्रिकेट खेल प्रतियोगिता हुने जानकारी दिइएको छ ।

फाउण्डेशनका अध्यक्ष अभिषेक श्रेष्ठले प्रतियोगितामा भारतको अल इन्डिया वुमन टि–२० क्रिकेट एशोसिएशन र विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमीबीच मैत्रीपूर्ण प्रतियोगिता हुने बताउनुभयो । भारतीय टीममा विभिन्न राज्यबाट टि–२० खेल्ने खेलाडीको सहभागिता हुने जानकारी उहाँले दिनुभयो ।

नेपालतर्फबाट अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिता रहेका महिला खेलाडी रहने छन् । प्रतियोगिताबाट दुई मुलुकबीचको खेल सम्बन्ध विकसित हुनुका साथै नेपालको क्रिकेट खेलको विकासमा सहयोग पुग्ने नेपाली टोलीका कप्तान रुविना क्षेत्रीले बताउनुभयो । मैत्रीपूर्ण खेलमा उत्कृष्ट ब्याटर, बलर, खेलाडी र किपरलाई पुरस्कृत गरिने छ ।

नेपालमा क्रिकेटको स्थानीयस्तरमा विकास गर्नका लागि फाउण्डेशनले आगामी दिनमा पुरुष तथा महिलाको प्रयोगिताको आयोजना गर्ने बताएको छ ।

By ekhel