‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबसँग थ्रीस्टार क्लबलाई १–० ले पराजित

Byekhel

४ चैत्र २०७९, शनिबार ४ चैत्र २०७९, शनिबार ४ चैत्र २०७९, शनिबार

काठमाडौँ – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले थ्रीस्टार क्लबलाई १–० ले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेलका लागि एनकोटो सिनोस मसोआबीले एक मात्र गोल गरे । खेलको १६ औं मिनेटमा मासोबीले गोल गरेका थिए ।

च्यासल रंगशालामा भएको अर्को खेलमा चर्च ब्वाइज युनाइटेडले मछिन्द्र फुटबल क्लबसँग गोलरहित बराबरी खेलेको छ । मिडफिल्डर पुजन उपरकोटीले जोस्पेह ओउसु बेम्पाहलाई फाउल गरेपछि मछिन्द्रले खेलको दोस्रो हाफ १० खेलाडीसँग खेलेको थियो । खेलको ४२औं मिनेटमा बेम्पाहलाई कुहिनोमा हानेपछि उपरकोटीलाई सिधा रातो देखाइएको थियो ।

संख्यात्मक कमजोरीका बाबजुद मछिन्द्रले आफ्नो पकड कायम राखेको र चर्च ब्वाइजले गतिरोध तोड्ने थुप्रै अवसर गुमाएपछि दुवै पक्षले अंक बाँडे । सातदोबाटो युथ क्लब १२ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । चर्च ब्वाइज ११ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । जावलाखेल १० अंकसहित तेस्रो स्थानमा छ ।

शनिबार दिउँसो २ः३० बजे च्यासल रंगशालामा फ्रेन्ड्स क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामा नेपाल पुलिस क्लबले न्यूरोड टिमसँग खेल्नेछ भने तेस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लबले एपीएफ फुटबल क्लबसँग खेल्नेछ ।

By ekhel