काठमाडौँ – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनले अप्रिल २०२१ पछि लिग १ खेलमा घरेलु मैदानमा हार व्यहारेको छ। आइतबार राति पाहुना टोली रेनेसले घरेलु टोली पिएसजीलाई २–० गोल अन्तरले पाखा लगायो। खेलको ४५ औं मिनेटमा रेनेसका कार्ल टोको एकाम्बीले गोल गर्दै घरेलु टोलीविरुद्ध सुरुवाती अग्रता लिएका थिए।
त्यसको तिन मिनेटपछि नै अर्नाण्ड कालिमुएन्डोले खेलको ४८ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे। रेनेसको यो जितले लिगमा पीएसजीको ३५ खेलको अपराजित यात्रा टुंगिएको छ। पिएसजीले पछिल्लो पटक सेप्टेम्बरमा लिग खेलमा मोनाकोसँग ३–० ले पराजित भएको थियो।
अंक तालिकाको शीर्ष स्थानमा रहेको पीएसजी मार्सेलीभन्दा ७ अंकले अघि छ। १३ वर्षमा ११ औं उपाधि जिने लक्ष्यमा रहेको पीएसजीको २८ खेलबाट ६६ अंक छ। दोस्रो स्थानको मार्सेलीको ५९ अंक छ। लेन्स ५७ अंकमा तेस्रो र मोनाको ५४ अंकमा चौथो स्थानमा रहँदा रेनेसले ५० अंक जोडेको छ।