साफ यू-१७ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग पराजित

Byekhel

७ चैत्र २०७९, मंगलवार ७ चैत्र २०७९, मंगलवार ७ चैत्र २०७९, मंगलवार

काठमाडौँ – साफ यू-१७ महिला च्याम्पियनसिपको पहिलो खेलमा नै नेपाल बलियो टोली भारतसँग पराजित भएको छ। बंगलादेशको ढाकास्थित विरश्रेष्ठ शहिद सिपाही मुस्तफा स्टेडियममा सोमबार भएको खेलमा नेपाल भारतसँग ४–१ गोल अन्तरले पराजित भएको हो।

खेलको पहिलो हाफमा नै ३–० ले पछि परेको नेपालले दोस्रो हाफमा सान्त्वना गोल फर्कायो। भारतको जितमा सिल्जीले १०, ४० र ८० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। पुजाले ४१ औं मिनेटमा १ गोल थपिन्। नेपालका लागि वर्षा ओलीले खेलको ५४ औं मिनेटमा एक गोल फर्काईन्।

च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले बुधबार भुटानसँग खेल्नेछ। खेल साढे ७ बजे सुरु हुनेछ। तेस्रो खेलमा २६ मार्चमा रसिया र अन्तिम खेलमा २८ मार्चमा आयोजब बंगलादेशसँग खेल्ने तालिका छ। च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल, भारत, भुटान र रसिया सहभागी छन्।

By ekhel