फ्रेण्डस क्लब तिलोत्तमा गोल्डकप फुटबलको सेमिफाइनलमा

Byekhel

७ चैत्र २०७९, मंगलवार ७ चैत्र २०७९, मंगलवार ७ चैत्र २०७९, मंगलवार

काठमाडौँ – फ्रेण्डस क्लब बुटवलमा जारी २२ औं तिलोत्तमा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । सोमबार भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २—१ गोल अन्तरले पराजित गर्दै फ्रेण्डस क्लब सेमिफाइनलमा पुगेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलमा फ्रेण्ड्सका डोना थापा र राफियो यमोनीले दोस्रो हाफमा गोल गरेका थिए । एपीएफको तर्फबाट दोस्रो हाफको ईन्जुरी समयमा विरेन्द्र यादवले सान्त्वना गोल फर्काएका थिए । खेलमा फ्रेण्ड्स क्लबका राफियो यमोनी म्यान अफ द म्याचबाट हुँदै ११ हजार १ सय ११ रुपैयाँ र हेल्मेट पुरस्कार प्राप्त गरेका छन् ।

फ्रेण्ड्स क्लबले सेमिफाइनलमा मनाङ मस्र्याङदी र नेपाल पुलिस क्लबबीचको बिजेतासँग खेल्ने छ । मनाङ र पुलिसको खेल मंगलबार हुने छ । रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा दुई विभागीयसहित ८ टिम सहभागी छन् । प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।

By ekhel