काठमाडौं – नेपाली महिला टोलीले साफ यू १७ महिला च्याम्पियनसिपमा भुटानलाई पराजित गर्दै पहिलो जित दर्ता गरेको छ। बंगलादेशको ढाकास्थित वीरश्रेष्ठ सहिद सिपाही मुस्तफा कमल स्टेडियममा बुधबार भएको खेलमा नेपालले भुटानलाई ५–० को फराकिलो अन्तरले हराएको हो। नेपालको जितमा वर्षा ओली र सेनु परियारले दुई गोल गरे। दिपा रोकायाले एक गोल गरिन्।

वर्षा ओलीले १६ र ५० मिनेटमा गोल गरिन्। सेनु परियारले ३४ र ५८ औं मिनेटमा गोल गरिन्। दिपा रोकायाले ३० मिनेटमा गोल गरिन्। नेपाल पहिलो खेलमा भारतसँग ४–१ गोल अन्तरले पराजित भएको थियो। दुई खेलमा एक जित र एक हार भोगेको नेपालले अंक तालिकामा ३ अंक जोडेको छ। नेपाल तालिकाको चौथो स्थानमा छ। नेपालले २६ मार्चमा रसियासँग खेल्नेछ।

By ekhel