काठमाडौँ – युरोकप २०२४ छनोट अन्तर्गत इंग्ल्याण्ड र इटली विजेयी भएका छन् । समूह सी अन्तर्गत आइतबार राति भएको खेलमा इंग्ल्याण्डले युक्रेनलाई २-० ले हरायो । इंग्ल्याण्डका लागि ह्यारी केनले ३७औं र बुकायो सकाले ४०औं मिनेटमा गोल गरे ।
समूह सी मा दुई जितपछि ६ अंक जोडेर इंगल्याण्ड शीर्ष स्थानमा छ ।पहिलो खेलमा इंग्ल्याण्डसँग पराजित भएको इटलीले माल्टालाई २-० ले हराएर पहिलो जित निकालेको छ । इटलीका लागि माटेओ रेटेगुई र माट्टेओ पेसिनाले गोल गरे । इटली तीन अंकसहित समूह सी मा दोस्रो स्थानमा छ ।