थ्री नेशन्स कपकाे फाइनलमा नेपाल, फाइनलमा लाओससँग भिड्ने

Byekhel

१५ चैत्र २०७९, बुधबार १५ चैत्र २०७९, बुधबार १५ चैत्र २०७९, बुधबार

काठमाडौँ – थ्री नेशन्स कपअन्तर्गत मंगलबार भएको खेलमा नेपालले भुटानविरुद्ध अन्तिम समयमा गोल गर्दै फाइनल यात्रा तय गरेको छ। मंगलबार साँझ दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि दीपकराज सिंह ठकुरीले ९० ‍औँ मिनेटमा गोल गर्दै फाइनल यात्रा तय गराएका हुन्।

नेपालका लागि दीपकराजको यो डेब्यु गोल पनि हो। यो गोलसँगै नेपालले अब थ्री नेशन्स कपको फाइनलमा लाओससँग भिड्ने भएको छ। वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका ठकुरीको निर्णायक गोल भुुटानलाई घर फर्काउन पर्याप्त भयो। यससँगै नेपालले भुटानविरुद्ध लगातार १३ खेलमा अपराजयको यात्रा कायमै राखेको छ।

अब प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा अब नेपाल र लाओस भिड्नेछन्। खेलको २० औँ मिनेटमा दावा छिरिङको कर्नरमा तेन्जिङ नोर्बुले गोल गर्दै भुटानलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको ४५ औ मिनेटमा पुजन उपरकोटीको पासमा सनिस श्रेष्ठको हेडर आकाशियो। खेलको ४६ औं मिनेटमा अञ्जन विष्टको हेडर भुटानका गोलरक्षले उत्कृष्ट बचाउ गरे।

खेलको ५० औं मिनेटमा अञ्जनको स्थानमा दिपक राज सिंह ठकुरी मैदान छिरे। ७० औँ मिनेटमा दिपकको प्रहार पोष्टको माथिबाट बाहिरिदा नेपालले बराबरीको मौका गुमायो। ७८ औं मिनेटमा मनिष डाँगीको प्रहार सेकेण्ड बारबाट बाहिरियो। खेलको ९० औँ मिनेटमा अनन्त तामाङको पासमा दिपकले हेडर गोल गर्दै खेललाई बराबरीमा ल्याए। पहिलो पटक सिनियर टोलीमा स्थान बनाएका दिपकको गोलसँगै नेपाल हारबाट जोगिएको हो।

By ekhel