भोजपुर – एभिनर क्यामरुन भोजपुर जिल्लाको स्थानीय सदरमुकाममा जारी छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा क्यामरुनले गोर्खा व्याइज रुपन्देहीलाई ३–० गोलले हरायो ।
क्यामरुनका लागि मेस्सीले ३४औं, टिम्बा टिम्बाले ३९औं र बोयोमोले ६८औं मिनेटमा गोल गर्नुभयो । क्यामरुनका टिम्बा टिम्बा म्यान अफ दि म्याच हुनुभयो । फाइनलमा क्यामरुनले बिहीबार आयोजक जिल्ला फुटबल संघ भोजपुरसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपियाँ पाउनेछन् ।