काठमाडौँ – एसीसी प्रिमियर कप २०२३ का लागि नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट टोलीको घोषणा गरेको छ। घरेलु मैदानमा हुने खेलका लागि क्यानले २१ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो। प्रिमियर कपमा नेपाल समूह बी ए मा परेको छ। नेपाल रहेको समूहमा मलेसिया, साउदी अरब, कतार र ओमान छन्।
समूह ‘बी’ मा बहराइन, कुवेत, सिङ्गापुर, हङकङ र यूएई छन्। आगामी वैशाख १८ गतेसम्म चल्ने प्रतियोगितामा नेपालले पहिलो खेल वैशाख ५ गते मलेसियासँग खेल्नेछ। प्रतियोगिताको विजेता टोली आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुनेछ भने शीर्ष तीनमा रहने राष्ट्र इमर्जिङ कप खेल्नेछन्।
नेपाली टोलीः
कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, सुदीप जोरा, श्याम ढकाल, कमल सिंह ऐरी, अर्जुन साउद, सूर्य तामाङ, किशोर महतो, देव खनाल।