चर्च ब्वाइजले पहिलो सहभागितामै जित्यो जीतपुर सिमरा गोल्डकपको उपाधि

Byekhel

१९ चैत्र २०७९, आईतवार १९ चैत्र २०७९, आईतवार १९ चैत्र २०७९, आईतवार

सिमरा – चर्च ब्वाइज युनाइटेड क्लबले पहिलो सहभागितामै १३औं जीतपुर सिमरा गोल्डकपको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा हिमालयन शेर्पा क्लबलाई २-० ले स्तब्ध पार्दै चर्च ब्वाइज युनाइटेडले उपाधि हात पारेको हो ।उपाधिसँगै चर्च ब्वाइजले १० लाख नगद र ट्रफी हात पार्‍यो भने उपविजेता हिमालयन शेर्पाले पाँच लाख रुपैयाँमा चित बुझायो ।

चर्च ब्वाइजलाई जीतपुर सिमरा गोल्डकपको ट्रफी दिलाउने क्रममा कप्तान मिलन राई र आशिष चापागाईंले गोल गरे ।  खेलको सुरुआतमै १० खेलाडीमा समेटिएको हिमाालयन शेर्पाले सिमराका समर्थकमाझ जीतका लागि अन्तिमसम्म संघर्ष गरेको थियो । खेलको छैठौं मिनेटमा हिमालयन शेर्पाका दिवस उराव रातो कार्ड खाँदै मैदानबाट बाहिरीएका थिए ।

दश खेलाडीमा सीमित बनेर पनि चर्च ब्वाइजलाई शेर्पाले पहिलो हाफको अन्तिमसम्म चुनौती दिएको थियो । तर, खेलको ३५औं मिनेटमा मिलन राईले फ्रि किक गोल गर्दै टिमलाई १-० को अग्रता दिलाए । दोस्रो हाफको इन्जुरी समयमा आशिष चापागाईंले गोल गर्दै अग्रता दोब्बर बनाउँदै जीत दिलाए ।

विधागत पुरस्कारतर्फ पनि जीतपुर सिमरा गोल्डकपको उपाधि विजेता चर्च व्वाईजकै बर्चस्व रहृयो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाइजका डिफेण्डर कमल श्रेष्ठ घोषित भए । उनले टिभीएस राइडर मोटरसाइकल प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक चर्चका यूएस प्रिसो, डिफेण्डर फ्रयांकलीन टाला, मिड फिल्डर सुवास गुरुङ र प्रशिक्षक प्रदीप हुमागाईं घोषित भए उनीहरूले समान २० हजार नगद प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट फरवार्ड हिमालयन शेर्पाका सुशील राई घोषित भए । उनले २० हजार प्राप्त गरे । सर्वाधिक गोलकर्ता भरतपुर फुटबल क्लबका सुनील श्रेष्ठ घोषित भए । उनले २० हजार नगद प्राप्त गरे । प्रतियोगिताको उदयमान खेलाडी नवजनजागृती यूवा क्लब सिमराका दिलीप माझी घोषित भए ।

उनले नगद १५ हहजार प्राप्त गरे । अनुशासाशित टिमको ट्रफी हेटौंडाको मकवानपुर-११ ले जित्यो । फाइनल खेलको म्यान अफ दि म्याच चर्च ब्वाइजका डिफेण्डर फ्रयांकलीन टाला घोषित भएका थिए ।

By ekhel