शीर्ष स्थानमा रहेको बार्सिलोनाले शनिबार राति एल्चेललाई ४-० ले पराजित

Byekhel

१९ चैत्र २०७९, आईतवार १९ चैत्र २०७९, आईतवार १९ चैत्र २०७९, आईतवार

काठमाडौं – रोबर्ट लेवान्डोस्कीले दुई गोल गरेपछि स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले शनिबार राति एल्चेललाई ४-० ले पराजित गरेको छ । यस जितपछि बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडमाथि १५ अंकको अग्रता बनाएको छ । सन् २०१९ पछि पहिलो लिग उपाधि जित्ने लक्ष्यमा रहेको बार्सिलोनाले उपाधि होड बलियो बनाउँदै लगेको छ ।

अवे मैदानमा बार्सिलोनालाई जिताउन रोवर्ट लेवान्डोस्कीले दुई तथा अन्शु फाती र फेरान टवरेसले एक/एक गोल गरे । लेवान्डवस्कीले २०औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा बार्सिलोनाले तीन गोल गर्‍यो । ५६औं मिनेटमा फातीले गोल गर्दै अग्रता दोब्बर पारे । ६६औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गरे भने ७०औं मिनेटमा फेरान टोरेसले गोल गरे । जितपछि बार्सिलोनाले २७ खेलबाट ७१ अंक जोडेको छ । एक खेल कम खेलेको रियलको ५६ अंक छ ।

By ekhel