बेन्जेमाको ह्याट्रिकमा रियल मड्रिडको सहज जित

Byekhel

२० चैत्र २०७९, सोमबार २० चैत्र २०७९, सोमबार २० चैत्र २०७९, सोमबार

काठमाडौं – करिम बेन्जेमाले ह्याट्रिक गरेपछि रियल मड्रिडले स्पानिस ला लिगामा रियल भाल्लाडोलिडलाई आइतबार राति ६–० ले पराजित गरेको छ । रियलको घरेलु मैदानमा बेन्जेमाले पहिलो हाफमै ह्याट्रिक गरेका थिए । रोड्रिगोले २२औं मिनेटमा गोल गर्दै अग्रता दिलाएपछि बेन्जेमाले सात मिनेटभित्र ह्याट्रिक गरे । बेन्जेमाले २९औं, ३२औ र ३६औं मिनेटमा गोल गरे ।

पहिलो हाफमै चार गोल गरेको रियलले दोस्रो हाफमा दुई गोल थप्यो । ७३औं मिनेटमा मार्को असेन्सिओ तथा इन्जुरी टाइममा लुकास भज्क्वेनले गोल गरेपछि रियलले फराकिलो जित हात पारेको हो । जितपछि दोस्रो स्थानको रियलको २७ खेलबाट ५९ अंक भएको छ । रियल शीर्ष स्थानको बार्सिलोनाभन्दा अझै १२ अंकले पछि छ । समान खेलबाट लिग लिडर बार्सिलोनाको २१ अंक छ ।

By ekhel