ए डिभिजन लिग : एपिएफ र संकटा विजयी

Byekhel

२१ चैत्र २०७९, मंगलवार २१ चैत्र २०७९, मंगलवार २१ चैत्र २०७९, मंगलवार

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिग २०७९-८० अन्तर्गत छैटौं चरणको पहिलो दिन नेपाल एपिएफ क्लब र संकटा क्लब विजयी भएका छन् । च्यासल मैदानमा भएको विभागीय डर्बीमा एपिएफले नेपाल पुलिस क्लबलाई २-० ले हरायो । एपीएफको जितमा एडमा डोम्बिया र सबिन गुरुङले गोल गरे । दुवै गोल दोश्रो हाफमा भएको थियो ।

खेलको ५८ औं मिनेटमा डोम्बियाले पहिलो गोल गरे । सबिनले इन्ज्युरी समयको आठौं मिनेटमा गोल थपे । यो जितपछि एपीएफले ६ खेलबाट १० अंक जोडेको छ र पाँचौं स्थानमा उक्लेको छ । यस सिजन खराब खेलिरहेको पुलिसको भने यो पाँचौं हार हो । ६ खेलबाट एक अंक मात्रै रहेको पुलिस अन्तिम स्थानमा छ ।

यस्तै सातदोबाटोमा भएको खेलमा संकटाले खुमलटारलाई १–० ले हरायो । संकटाका लागि खेलको २७ औं मिनेटमा जुनियर अनगुनेले निर्णायक गोल गरे । यस जितपछि संकटा ६ खेलबाट ९ अंक जोडेर छैटौं स्थानमा उक्लेको छ । खुमलटार ६ अंकसहित नवौं स्थानमा छ ।

By ekhel