आईसीसी ओडीआई वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १४औं स्थानमा

Byekhel

२३ चैत्र २०७९, बिहीबार २३ चैत्र २०७९, बिहीबार २३ चैत्र २०७९, बिहीबार

काठमाडौं – आईसीसी ओडीआई वरीयतामा नेपालले फड्को मार्ने क्रम जारी छ । लिग टू को पछिल्लो १२ मध्ये ११ खेल जितेपछि नेपालले वरीयतामा लगातार सुधार गर्दै आएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार अपडेट गरेको नयाँ वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १४औं स्थानमा उक्लेको छ ।

आईसीसीको १२ फुल मेम्बरपछि नेपाल एसोसिएट राष्ट्रमा दोस्रो स्थानमा छ । नेपालले हाल १२ टेष्ट राष्ट्रसँगै सुपर लिग खेलेको नेदरल्याण्ड्सलाई पछि पारेको हो । एसोसिएटमा स्कटल्याण्ड १२ औं स्थानमा छ । टेष्ट राष्ट्र जिम्बावे १३औं स्थानमा छ ।

नेदरल्याण्ड्सलाई ओमानले समेत पछि पारेको छ । ओमान १५औं स्थानमा छ भने नेदरल्याण्ड्स १६औं स्थानमा झरेको छ । अमेरिका १७औं, नामिबिया १८औं, युएई १९औं र पपुवा न्युगिनी २०औं स्थानमा छ । ओडीआई वरीयतामा अष्ट्रेलिया शीर्ष स्थानमा रहँदा न्युजिल्यान्ड दोस्रो, भारत तेस्रो, इंग्ल्यान्ड चौथो, पाकिस्तान पाँचौ, साउथ अफ्रिका छैटौं, बंगलादेश सातौं, श्रीलंका आठौं, वेष्ट इन्डिज नवौँ, अफगानिस्तान दशौँ, आयरल्याण्ड ११औं स्थानमा छन् ।

By ekhel