नेपालले आज भियतनामसँग दोस्रो खेल खेल्दै

Byekhel

२५ चैत्र २०७९, शनिबार २५ चैत्र २०७९, शनिबार २५ चैत्र २०७९, शनिबार

काठमाडौँ, २५ चैत – अर्को वर्ष पेरिसमा हुने पेरिस २०२४ ओलम्पिक अन्तर्गत महिला फुटबलको एसियन छनोट राउण्ड वानको नेपालले आज भियतनामसँग दोस्रो खेल खेल्दैछ । समूह सीमा दुई टिम मात्र रहेकोले नेपाल र भियतनामले एकआपसमा दुई खेल खेल्ने लागेका हुन् ।

नेपाल र भियतनामबीचको खेल दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । यसअघि बुधबार भएको पहिलो खेलमा नेपाल भियतनामसँग ५-१ ले पराजित भएको थियो ।

दुई खेलपछि समग्रमा विजेता हुने टोली समूह विजेता बन्दै दोस्रो चरणमा पुग्नेछ । नेपालले समूह विजेता बन्न भियतनामलाई कम्तीमा चार गोल अन्तरले हराउनुपर्नेछ । तर विश्वकप खेल्न लागेको भियतनामविरुद्ध नतिजा उल्टाउन नेपालका लागि सहज भने छैन ।

पहिलो खेलमा सुरुआतमै पाएको अवसर सदुपयोग गर्न नसक्दा नेपालले पाँच गोल खाएको थियो । नेपालका लागि दोस्रो हाफमा सावित्रा भण्डारीले एक गोल फर्काएकी थिइन् । पहिलो चरणको छनोटबाट सात समूहका विजेता दोस्रो चरणमा प्रवेश गर्नेछन् । एसियाबाट पेरिस ओलम्पकिमा दुई टिममात्र छनोट हुनेछन् ।

By ekhel