रियल मड्रिडले दुई पटक अग्रता जोगाउन नसक्दा भियारियालसँग ३-२ ले पराजित

Byekhel

२६ चैत्र २०७९, आईतवार २६ चैत्र २०७९, आईतवार २६ चैत्र २०७९, आईतवार

काठमाडौं – स्पानिस ला लिगाको दोस्रो स्थानमा रहेको रियल मड्रिडले दुई पटक अग्रता जोगाउन नसक्दा शनिबार राति भियारियालसँग ३-२ ले पराजित भएको छ । रियललाई उसैको मैदानमा पराजित गर्न भियारियलका सामुएल चुक्वुजेले दुई गोल गरे । खेलको १६औं मिनेटमा भियारियालका पाउ टवरेसले आत्मघाती गोल गरेपछि रियलले घरेलु मैदान सान्टियागो बर्नाबेउमा अग्रता लिएको थियो ।

तर ३९औं मिनेटमा भियारियालका चुकवुजेले बराबरी गोल फर्काए । दोस्रो हाफको सुरुमै भिनिसियस जुनियरले गोल गरेपछि रियलले २-१ को अग्रता बनायो । तर दोस्रो पटक लिएको अग्रता पनि जोगाउन सकेन ।  ७०औं मिनेटमा भियारियालका जोस मोरालेसले गोल गर्दै खेल २/२ को बराबरी अवस्थामा पुर्‍याए । त्यसपछि सामुएल चुकुवुजेले ८०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि रियललाई स्तब्ध पार्दै भियारियाललाई पनारगमन जित दिलाए ।

दोस्रो स्थानको रियल पराजित हुँदा लिग लिडर बार्सिलोनालाई फाइदा पुगेको छ । रियल बार्सिलोनाभन्दा १२ अंकले पछि छ र बार्सिलोनाले एक खेल कम खेलेको छ । बार्सिलोना २७ खेलबाट ७१ अंकसहित शीर्ष स्थानमा छ । रियलको २८ खेलबाट ५९ अंक छ । रियललाई हराएपछि २८ खेलबाट ४७ अंक जोडेको भियारियाल पाँचौ स्थानमा उक्लेको छ ।

By ekhel